सिन्धुली : पश्चिम सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ भिमानमा उँट भेटिएको छ। मंगलबार बिहान बस्ती नजिकै भिमानमा उँट भेटिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बव्रध्वज वाइवाले जानकारी दिनु भयाे ।
हालसम्म हरिहरपुरगढी क्षेत्रमा उट देखिएको थिएन। एउटा उँट बस्तीमा देखिएपछि स्थानीय त्रसिद भएका छन्। उँट हर्नेहरूको पनि उत्तिकै भिड लागेको छ। कतिपयले हालसम्म उँट नदेखेका कारण गाउँमा त्रास भएको हो। ‘उँट बस्तीमा देखिएको छ। केही मानिसमा त्रास छाएको अध्यक्ष वाइवाले बताए ।
हेर्दा अरवियन उँट जस्तो देखिने यो उँट कहाँबाट आएको हो भन्ने एकिन छैन। हामीले वन डिभिजन कार्यालयसँग सम्पर्क गरेका छौं,’ अध्यक्ष वाइवाले थपे। उता डिभिजन वन कार्यालय मरिणका वन अधिकृत अभिमन्यु केसीले उँट भेटिएको खबर आएपछि कार्यालयबाट वन कर्मचारी र प्रहरी त्यसतर्फ जाँदै गरिएको बताए।
उनले यो नेपालका जंगलमा नपाइने भएकाले भारतबाट ल्याएर कसैले पाल्दै आएको उँट फुत्किएर भागेको हुन सक्ने उल्लेख गरे। ‘यो सुख्खा मरुभुमि क्षेत्रमा पाइने जनावर हो। नेपालका जंगलमा पाँइदैन। भारतबाट ल्याएर तराई तथा चितवनतिर पालेको कसैको फुत्किएर आएको हुन सक्छ।
उँट क्यामेलस प्रजाती अन्तरगत पर्ने एक खुरधारी तथा स्तनधारी घरपालुवा जनावर हो। यो अरवियन र ब्याकट्रियन गरी दुई प्रजातिका हुन्छन्।