सिन्धुली, असोज २०, २०८१ आइतबार । सिन्धुलीमा चाडपर्व लक्षित जिल्ला प्रहरी कार्यालय सिन्धुलीको दशैं, तिहार तथा छठ पर्वको सुरक्षा योजनामा जिल्लाका विभिन्न ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । चाडपर्वका अवसरमा लामो तथा छोटो यात्रामा हिँडेका यात्रुको सुरक्षित यात्राको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको हो ।
चाडपर्वको समयमा विभिन्न अपराधिक गतिबिधी गर्न सक्ने भएकोले त्यस्ता घटना लाई न्युनिकरण गर्ने तथा शान्ति सुरक्षा कायम गर्नको लागि ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्द राज काफ्लले बताउनु भयो । सदरमुकाम स्थित बसपार्क, खुर्कोट बजार, कपिलाकोटको छाप, भिमान र दुधौलीको डकाहामा सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा ५ सय ५५ जना प्रहरी परिचालन गरिने उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा फोन गरेर वा ड्युटीमा रहेका प्रहरीलाई भेटेर यात्रा गर्दा यात्रुहरुले गुनासो भएमा गुनासो सुनाउन सकिने पनि बताउन् भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले ‘यात्रु सहायता कक्ष’ को उद्घाटन गर्नुभएको थियो । चाडपर्वको समयमा जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरीले गरेको काम सराहनिय रहेको उहाँले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले सहायता कक्ष यातायात व्यवसायी र यात्रु सबैको समस्या समाधानका लागि अतिआवश्यक रहेको बताउनुभयो । उहाँले चाडबाडका बेलामा समस्या आउन सक्ने भएकाले जिल्लाको विभिन्न स्थानमा स्थापना गरिएको ‘यात्रु सहायता कक्ष’ छठ पर्वसम्मनै सञ्चालनमा रहने उहाँले भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले चाडपर्बको समयमा कार्यालय सुरक्षार्थ, कमाण्ड पोष्ट, सप्राईज चेकिङ, बसपार्क तथा टिकट काउण्टरको चेकजाँच, दैनिक मादक पदार्थ तथा लागु पदार्थ सेवनको चेकिङ, मोवाइल गस्ती, राजमार्गमा गस्ती लगायतका विभिन्न प्रकृतिद्धारा सुरक्षा अपनाइने छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्ले, जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामा, उपप्रमुख शान्ता कार्की, रेडक्रस सिन्धुलीका अध्यक्ष, सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष, नेपाल पत्रकार महासंघका सिन्धुलीका अध्यक्ष लगायत सुरक्षा कर्मीहरुको उपस्थिति रहेको थियो ।