सिन्धुली, असोज १५, २०८१ मंगलबार । गएको असोज १० गते देखि १२ गते सम्म भएको अविरल बर्षा पछि आएको बाढी पिडितका लागि कमला सप्लायर्सले राहत उपलब्ध गराएको छ । कमलामाई नगरपालिका ४ मा रहेको कमला सप्लायर्सले बाढी पिडितका लागि जिल्ला प्रशासन कार्यालयमा राहत सामग्री उपलब्ध गराएको हो । १ सय ११ घर परिवारलाई वितरण गर्नको लागि सप्लायर्सका संचालक तथा प्रोपाइटर जय कुमार दासले राहत सामाग्री प्रदान गर्नुभएको हो ।

पिडितहरुको लागि १ सय १ १ बोरा चामल, २ सय २२ प्याकेट सोयाबिन, १ सय ११ प्याकेट आयो नुन, १ सय ११ लिटर सनफ्लावर तेल, १ हजार ६ सय ६५ प्याकेट चाउचाउ, एकएक केजिको १ सय ११ प्याकेट मुसुरोको दाल, एकएक केजिको दालमोठ १ सय ११ प्याकेट र एकएक केजिको चिउरा १ सय ११ प्याकेट उपलब्ध गराइएको सप्लायर्सका संचालक जय कुमरा दासले जानकारी दिनुभयो ।
भिजिटर संख्या : 171