बीपी राजमार्ग दुईतर्फी सञ्चालन हुन तीन महिना लाग्ने

सिन्धुली — बीपी राजमार्गअन्तर्गत धुलिखेल–बर्दिबास सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आउन तीन महिना लाग्ने भएको छ । लगातारको वर्षाका कारण उक्त राजमार्गअन्तर्गत नेपालथोक–भकुण्डे र रोशी गाउँपालिकाको बर्खे खोलाको कटानले सडक बगाएपछि उक्त सडक निरन्तर अवरुद्ध छ । झन्डै १० हजार सवारी यो राजमार्गमा गुड्छन । पूर्वी नेपाल तथा तराईलाई राजधानीसँग जोड्ने यो छोटो वैकल्पिक मार्ग हो ।

__________ बिज्ञापन____________

अहिले यो राजमार्ग बाढी र पहिरोका कारण अस्तव्यस्त बनेको छ । धुलिखेल–नेपालथोक अन्तर्गत ५० किलोमिटर खण्डको करिब आधा दर्जन स्थानमा सडक नै बगेको छ । विभिन्न खण्ड गरेर १ किलोमिटर बढी सडक रोशी खोलाले बगाएको छ । अहिले उक्त स्थानमा सडक मर्मतको कुनै काम हुन सकेको छैन । जसले गर्दा यो खण्डमा यातायात लगभग ठप्प छ । बीपी राजमार्गअन्तर्गत नेपालथोक–खुर्कोट–सिन्धुली–बर्दिवास खण्ड पुनः सञ्चालनमा आएको छ । धुलिखेलबाट पाँचखालको चौकीडाँडासम्म पहिरो पन्छाएर एकतर्फी सडक सुचारु गरिए पनि त्यहाँ ठूला सवारीसाधन चलाउन मिल्ने अवस्था छैन ।

नेपालथोकको झोलुंगे पुलनजिकै करिब सय मिटर सडक बगेको छ । त्यहाँ कालोपत्रे सडकको कुनै संकेत नै देखिन्न । गाडी गुड्ने ठाउँमा खोला बगिरहेको छ । यो सडकखण्डको ७ ठाउँमा रोशीले कालोपत्रे सडक बगाएको छ । काभ्रेको मंगलटारमा २ सय मिटर सडक बगेको छ । नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ । सबैभन्दा बढी काभ्रेको चौकीडाँडामा करिब आधा किलोमिटर सडक रोशीले बगाएको छ । रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुना खण्डमा २ सय मिटरभन्दा बढी सडक पूर्ण रूपमा क्षति भएको छ । यता थलीबेसी र नार्के पुलनजिक २÷२ सय मिटरको हाराहारीमा सडक बगेको छ ।

नेपालथोकनजिक बगेको एक सय मिटर सडकमा रोशी खोलालाई ‘डाइभर्ट’ गरेर सडक बनाउने काम सुरु गर्न लागेको सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारसमणि हमालले जानकारी दिनुभयो । बीपी राजमार्गको १ सय १० किमि सडकमा यातायात सुचारु रहेको छ । तर, करिब ५० किमि सडकखण्डमा भने पुनर्निर्माण आवश्यक छ ।

बीपी राजमार्गको धेरै ठाउँमा सडक बगेकाले गर्दा पूर्ण रूपमा मर्मत गर्न समय लाग्ने सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बताउनुभयो  । उहाँका अनुसार सो खण्डको सडकलाई दसैं अगाडि अस्थायी रूपमा मात्रै सञ्चालन गर्न मिल्ने गरी मर्मत गर्न सकिन्छ । “सडक विभागबाट प्राविधिकसहितको टोली मंगलबार भकुन्डेबेसी जाँदै छ । कहाँसम्म समस्या छ । टोलीले सबै हेर्ने छ । भकुन्डेबेसीदेखि नेपालथोकका विभिन्न खण्डमा धेरै समस्या छन्,” उहाँले भन्नुभयो, “जहाँ सडक बगाएको छ, त्यहाँ रोशी खोलाको पानी घट्नासाथ अस्थायी रूपमा खोलाबाटै ग्राभेल राखेर सडक बनाइनेछ । पानी नपरे एक हप्ताभित्र यो सडक सहज रूपमा सञ्चालनमा आउनेछ । दसैंसम्म सडक खोल्ने गरी काम गरिनेछ ।” उहाँले खुर्कोटमा पुल बगाएको स्थानमा पनि वैकल्पिक व्यवस्था गरेर सवारी सञ्चालनमा ल्याउने गरी काम गरिने दाबी गर्नुभयो ।

पूर्ण सुचारु गर्न डेढ अर्ब लाग्ने

बीपी राजमार्गमा पहिरो र बाढीका कारण सडक नै भाँसिएकाले पहिले जस्तै पूर्ण सञ्चालनमा ल्याउन सरकारले भाँसिएको ठाउँको सडक निर्माणका लागि ठूलो बजेट विनियोजन गर्नुपर्ने अवस्था देखिएको छ ।

रोशी गाउँपालिकास्थित बर्खे खोलाको कटानले भाँसिएको सडक पुनः निर्माण गर्न र अन्य खण्डको अवरोध हटाउन डेढ अर्बभन्दा बढी बजेट आवश्यक पर्ने सडक डिभिजन भक्तपुरका सूचना अधिकारी सुमनराज बस्नेतले बताउनुभयो । “भाँसिएको सडक पुनःनिर्माण गर्न ३–४ महिना नै लाग्न सक्छ,” उहाँले भन्नुभयो, “त्यस्तै, ठूलो क्षति भएकाले सडक पहिलेकै अवस्थामा सुचारु गर्न डेढ अर्ब जति बजेट नै लाग्ने अनुमान छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते