सिन्धुली, असोज १५, २०८१ मंगलबार । अविरल बर्षा पछि आएको बाढी पिडितको लागि नेपाल बिद्यार्थी संघ (नेविसंघ) सिन्धुलीले राहत वितरण गरेको छ । गएको बिहिबार राती देखि परेको अविरल बर्षाका कारण आएको सुनकोशीमा आएको बाढी तथा बिभिन्न ठाउँमा गएको पहिरोको कारण क्षती भएको ठाउँमा नेविसंघ सिन्धुलीले राहत वितरण गरेको हो ।

नेविसंघ सिन्धुलीका अध्यक्ष भरत विकको नेतृत्वमा पहिरोमा परि ज्यान गुमाएका सुनकोशी गाउँपालिका १ का १२ बर्षिय बालक विनय कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्दै उनको परिवारलाई राहत प्रदान गरिएको छ ।
त्यस्तै सुनकोशी गाउँपलिका २ को माझी बस्ती, सुनकोशी १ को कुशेश्वर गुरुकुलका शिक्षक बिद्यार्थी तथा गोलन्जोर गाउँपालिका ६ मा रातह उपलब्ध गराइएको नेविसंघ सिन्धुलीका अध्यक्ष भरत विकले जानकारी दिनुभयो । राहत स्वरुप २० बोरा चिउरा, १५ कार्टुन चाउचाउ, १० कार्टुन पानी र ३ कार्टुन बिस्कुट वितरण गरिएको उहाँको भनाई छ ।