रामेछाप–सिन्धुली वैकल्पिक मार्गबाट गाडी सञ्चालन, नेपालथोक–खुर्कोट सडकखण्ड खुल्यो

रामेछाप – सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुकोर्टको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रूपमा मन्थली–पकरवास–भीरपानी सडकखण्ड मर्मत गरी यातायात सञ्चालनमा आएको छ । मन्थलीबाट गाइखुरा पुल हुँदै पकरवास–भिरपानी सडकखण्ड मर्मत गरेसँगै सित्खा हुँदै र सिन्धुलीको मुलकोटसम्मको आवागमन शुरु भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

__________ बिज्ञापन____________

मन्थलीदेखि सिन्धुलीको वैकल्पिक मार्ग आवागमन खुलेपछि तराइका जिल्लासँग यातायातको माध्यमबाट सम्पर्क पुनःस्थापित भएको छ । यस्तै अवरुद्ध बीपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड पनि सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका–३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थाई डाइभर्सन निर्माण गरेपछि त्यो सडकखण्डमा गाडी चल्न थालेका हुन् ।

बाढीपहिरोले टुप्पीडाँडामा रोकिएका बिरामी, शवसहितका एम्बुलेन्स, सयौँ गाडी र यात्रु सिन्धुलीमाडीतर्फ फर्किन थालेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । नेपालथोक–धुलिखेल सडकखण्ड खुलाउन अझै केही समय लाग्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते