सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पुल बाढीले बगायो 

सिन्धुली, असोज १२, २०८१ शनिबार ।

__________ बिज्ञापन____________

अविरल बर्षासंगै सुनकोशी नदिमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल बगाएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका स्थित खुर्कोट बाट रामेछापको मन्थली जोड्ने पक्की पुल सुनकोशी नदीको बाढीले बगाएको हो ।

त्यस्तै सुनकोशीमा आएको बाढीले जिल्लाको सुनकोशी गाउँपालिका ५ स्थित मुलकोट बजारका घर तथा रिसोर्टहरू डुबानमा परेका छन् । निरन्तर परेको वर्षाका कारण सुनकोशी नदिमा आएको बाढीले घर, विद्यालय र होटल तथा रिसोर्टहरु डुबानमा परेका हुन् । नदिमा आएको बाढीले मुल्लकोट बजारमा रहेका क्वालीटी रिसोर्ट, ताज रिसोर्ट, होटल पौवा लगायत दर्जनौ घर तथा होटलहरु डुबानमा परेको प्रहरीले जनाएको छ ।

त्यस्तै गोलन्जोर गाउँपालिका–७ स्थित खुर्कोटको तल्लो बजारका घर डुबानमा परेका छन् । बिहिबार देखि परेको वर्षाका कारण सुनकोशी नदिमा आएको बाढीले खुर्कोटका घरहरु डुबानमा परेका हुन् । निरन्तर परेका बर्षाको कारण खोलामा जलसहत निकै बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द राज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार नदिमा आएको बाढीले यहाँका ७० घर डुबानमा परेका छन् । बाढीले शसस्त्र प्रहरीको विपद व्यवस्थापन वेस सहित पसलहरु डुबानमा परेका छन ।

यस्तै वर्षा संगै आएको बाढीका कारण रोशी र सुनकोशी नदी बिचमा ३ शिक्षक र २८ विद्यार्थी सहित ३१ जना फसेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।

उनीहरुको उद्धारको प्रयास जारी रहेपनि सो स्थानमा हेलिकोप्टर समेत बस्ने अबस्था नरहेपछि उद्धार कार्यमा कठिनाई भएको छ । मन्दिरमा सुनकोशी नदी र रोशी खोलाको बाढी पसेपछि अहिले मन्दिरमा आश्रय दिएकाहरुका जीवन संकटमा परेको बताइएको छ । उनीहरुको उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

काभ्रे हुँदै बग्ने रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको नेपालथोक सडक खण्ड भत्काउनुका साथै केही भाग बगाएको छ । लगातार भएको वर्षापछि शनिबार बिहान खोलामा आएको बाढीले सडक भत्काएर बगाएको हो । नेपालथोकको प्रहरी चौकी भन्दा १०० मिटर माथिको सडक बगाएपछि बिपी राजमार्गको नेपालथोक मुलकोट सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते