सिन्धुली जिल्ला न्यायिक मन्चको छैटौ घुम्ती बैठक हरीहरपुरगढी गाउँपालीकामा सम्पन्न भएको छ । जिल्ला न्यायिक मन्च सिन्धुलीको आयोजनामा घ्याङलेख गाउँपालिका उपाध्यक्ष शंकरमान घलानको अध्यक्षता तथा हरीहरपुरगढी गाउँपालीकाका अध्ययक्ष बज्र ध्वज वाईबाको प्रमुख आतिथ्यतामा छैटौ घुम्ती बैठक सम्पन्न भएको हो ।
जिल्ला न्यायिक मन्च सिन्धुलीले घुम्ती बैठक हरेक तीन तीन महिनामा राख्ने गरीएको छ त्यसै क्रममा आज छैटौ घुम्ती बैठक सम्पन्न भएको हो । बैठकमा सिन्धुली जिल्लाका ९ वटै स्थानीइ तहका न्यायिक सहजकर्ताहरुले आफ्ना पालिकामा आएका विभिन्न मुद्धाहरुहरुको रीपोट प्रस्तुत गरेका छन् ।
बैठकमा बोल्नुहुदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्र ध्वज वाईबाले समाजमा भएको संस्कारलाई जोगाई राख्न् जिल्ला न्यायिक मन्च मिलेर अघी बड्नु पर्ने बताउनु भएको छ ।
न्यायीक मन्चको घुम्ती बैठकले आपसि सम्बन्ध राम्रो भएको र यसले अघि बड्न सहज भएको बैठकका अध्यक्ष तथा घ्याङलेख गाउँपालीका उपाध्क्ष शङ्करमान घनालको भनाई छ ।
बैठकको सहजीकरण जिल्ला न्यायिक मन्चका सचिव राजु बरालले गर्नु भएको थियो । बैठककमा गाउँपालीका उपाध्यक्षहरु, न्यायिक सहजकर्ता, कानुनी सहजकर्ता लागाएतको उपस्थीत रहेको थियो । बैठकले जिल्ला न्यायिक मन्चको सातौ घुम्ती बैठक गोलन्जोर गाउँपालीकामा मङ्सीर २४ गते गर्ने निर्णय भएको छ ।