मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा मनाइयो

मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा मनाइएको छ । संस्थाका अध्यक्ष उज्वल ढकालको अध्यक्षता तथा नेफस्कुन काठमाण्डौ, एसियाली ऋण महासंघ थाइल्याण्डका निवर्तमान अध्यक्ष तथा सहकारी अभियान्ता ऋषि राज घिमिरेको प्रमुख आतिथ्यतामा २२ औं वार्षिक साधारण सभा मनाइएको हो ।

__________ बिज्ञापन____________

कार्यक्रमको अवसरमा संस्थाका अध्यक्ष उज्वल ढकालले बार्षिक प्रतिवेदन तथा भावी कार्य योजना र ब्यवस्थापक नविन कार्कीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

२ करोड १० लाख १४ हजार २ सय शेयर पूँजी संकलन गरी ३७ करोड ४० लाख ६७ हजार ६ सय ९३ पैसाको कारोवार गर्दै आएको संस्थाले गएको आर्थिक बर्ष २०८०÷८१ मा ९९ लाख ८१ हजार ६ सय २५ रुपैया ८० पैसा शुद्ध नाफा कमाउन सफल भएको छ । यसबाट सदस्यहरुलाई १५ प्रतिशत बोनस वितरण गरिने जनाइएको छ । जिल्लामै सबैभन्दा धेरै सदस्य रहेको सहकारी संस्था मिलिजुली बचत तथा ऋण सहकारी संस्थाले सदस्यता विस्तार गर्दै हाल संस्थामा ६ हजार २ सय ९५ सदस्य रहेका छन् ।

साधारण सभाको अवसरमा उत्कृष्ट नियमित मासिक बचत कर्ता, दैनिक बचत कर्ता, बाल बचत कर्ता, उत्कृष्ट कर्मचारी, जेष्ठ नागरिक, संस्थाको सदस्य बृद्धि गर्न योगदान पुर्याउने सदस्यलाई सदस्यलाई सम्मान गर्नुका साथै कार्यक्रमका प्रमुख अतिथी ऋषि राज घिमिरेलाई बिशेष सम्मान सहित अभिनन्दन गरिएको छ ।

त्यस्तै संस्थामा आबद्ध सदस्यहरुका छोराछोरी मध्ये उत्कुष्ट विद्यार्थीलाई छात्रबृत्ति स्वरुप शैक्षिक सामाग्री प्रदान गरिएको छ । सहकरीले आयोजना गरेको अन्तर माध्यमिक स्तरीय “समुदायमा सहकारीको महत्व” बिषयमा संचालित निबन्ध प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने ३ जना विद्यार्थीलाई नगद ३ हजार, २ हजार र १ हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथी ऋषि राज घिमिरेले अहिलेको समयमा प्रविधिको विकास भएकाले सदस्यहरुलाई मोवाइल बाटनै बिभिन्न सेवा लिनको लागि सहज बनाउन आग्रह गर्नुभएको छ । साथै मिलिजुली सहकारीलई आफुले नजिक बाट नियालेको बताउदै आरोग्य बचत सेवा संचालन गर्न उहाँले सुझाव दिनुभएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्की, समाजसेवि माणिक ढकाल, उद्योग वाणिज्य संघका महासचिव राम राज भण्डारी, बागमति प्रोस्कुनका कृष्णहरुी कोइराला, कमलामाई सहकारी शाखाका प्रमुख मुकेश तामाङ, जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइराला लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते