रिलिफ नेपाल सिन्धुलीद्वारा बालबालिकालाई ट्र्याक सुट वितरण

सिन्धुली । रिलिफ नेपाल सिन्धुलीले अति विपन्न बालबालिकाहरूको लागि ट्र्याक सुट वितरण गरेको छ । रिलिफ नेपाल सिन्धुली र वल्डभिजन ईन्टरनेशनल नेपालको साझेदारीमा फिक्कल गाउँपालिकाको ४ वटा वडामा संचालित एकीकृत संरक्षण तथा समुदाय संलग्नता परियोजना अन्तर्गत विशेष उपहार कार्यक्रम मार्फत फिक्कल गाउँपालिकाको वडा नम्बर ५ स्थित श्री कालिका नि.मा.वि का बालबालिका लाई ट्र्याकसुट वितरण गरिएको हो ।

__________ बिज्ञापन____________

शैक्षिक संस्थाको पोसाकमा एकरुपता ल्याउन तथा बालबालिकाको शैक्षिक गुणस्तरमा योगदान पु¥याउँन र उनीहरूलाई नजिकिदै गरेको जाडो मौसममा पठनपाठनमा सहजता को लागी राहत पु¥याउने उदेश्यले ट्र्याकसुट वितरण गरिएको रिलिफ नेपाल सिन्धुलीले जनाएको छ ।

सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका वडा नम्बर ५ स्थित श्री कालिका नि.मा.वि अध्ययनरत वल्डभिजन इन्टरनेशनल नेपाल को बाल स्पोनसर परियोजनामा दर्ता (च्ऋ) तथा दर्ता नभएका विद्यालयमा अध्यनरत सम्पुर्ण ७५ जना अति विपन्न बालबालिकालाई ट्र्याक सुट वितरण गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बरालले बालबालिकाहरूलाई ट्र्याक सुट हस्तान्तरण गर्दै यस्तो सहयोगले बालबालिकाको स्वास्थ्य र उनीहरूको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

रिलिफ नेपालमा कार्यरत अनिल सार्कीले कार्यक्रमको उद्देश्य बारे जानकारी गराउँदै, “समाजका अति विपन्न र गरिबीमा परेका बालबालिकाहरूलाई शैक्षिक स्तर उन्नतिको लागि बालबालिका को स्वास्थे अवस्था लाई बलियो र बालबालिकाले स्वास्थ मैत्रीपुर्ण बाताबरणमा अध्यन अध्यापन गर्न केहि मात्रामा सघाउने उहाँले बताउनु भयो । यसका साथै संस्थाले आगामी दिनमा समुदायका बालबालिकाको शैक्षिक गुणस्तर लाई र बालबालिकाको क्षमता बिकास को लागि रिलिफ नेपाल को तर्फ बाट आवश्यक सहयोग लाई निरन्तरता दिने जनाएको छ ।

कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षक, बाल क्लब संजाल का प्रतिनिधि, बालबालिका, अभिभावक तथा अन्य व्यक्तिहरूको उपस्थिति थियो । बालबालिकाहरूले नयाँ ट्र्याक सुट पाएपछि हर्ष व्यक्त गर्दै रिलिफ नेपाल सिन्धुली तथा वल्डभिजन इन्टरनेशनल नेपाल लाइ र सहयोगी संस्थालाई धन्यवाद दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते