सिन्धुली । साङ्केतिक भाषाहरूको अन्तराष्ट्रिय दिवस तथा बहिरा सप्ताह जनचेतनामूलक र्याली तथा प्रभातफेरी कार्यक्रम गरि सिन्धुलीमाढीमा मनाइएको भएको छ । साङ्केतिक भाषा अधिकारका लागि सङ्केत गरौं भन्ने मुख्य नारा सहित सिन्धुली बहिरा संघका अध्यक्ष घन बहादुर थापाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाको प्रमुख आथिथ्यतामा कार्यक्रम गरिएको हो ।
संयुक्त राष्ट्र संघको १९ डिसेम्बर २०१७ मा बसेको ७२ औं महासभाले हरेक वर्ष सेप्टेम्बर २३ लाई साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने प्रस्ताव पारित भएकोे थियो । विश्व बहिरा महासंघले यस बर्षको सातौं वर्षको साङ्केतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवसको मूल नारा “साङ्केतिक भाषा अधिकारका लागि सङ्केत गरौं तय गरेको हो । बहिरा नागरिकहरूको पहिचान तथा अधिकारप्रति ऐक्यवद्धता हुन आवश्यक छ ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाले बहिरा व्यक्तिहरुको सांकेतिक भाषा दिवसको अवसरमा बहिरा व्यक्तिहरुलाई शिक्षा, रोजगारी विभिन्न समाजमा संयोजन हुनको लागि सहयोग गर्नुपर्ने बताउनु भयो । त्यस्ता ब्यक्तीहरुलाई जिल्ला समन्वय समितिबाट समन्वय गरेर सहयोग गरेको उहाँको भनाई छ ।
कार्यक्रममा सिन्धुली बहिरा संघका अध्यक्ष घन बहादुर थापाले सांकेतिक भाषा महत्त्वपूर्ण भएको बताउदै बहिराहरूको आफ्नो भाषा भनेको सांकेतिक भाषा हो भन्ने सबैले बुझ्न आवश्यक रहेको बताउनुभएको छ । जिल्लामा एउटा पनि दोभासे नहुनु विडम्बना भएको उहाँको भनाई छ । स्थानीय तहले दोभासे समावेश गर्न नसक्दा सांकेतिक भाषा प्रयोग गर्नेहरु आवाज स्थानीय तहसम्म पुग्न नसकेको उहाँको भनाई छ । अस्पताल, संघसस्था, तथा कार्यालयमा जादा संचारको समस्या भएकाले त्यसका लागि स्थानीय तहहरुले एउटा दोभासे राख्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा सिन्धुली बहिरा संघका अध्यक्ष घन बहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामा, उपप्रमुख शान्ता कार्की, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक गोविन्द राज काफ्ले, बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक बिजय तामाङ, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णहरि घिमिरे, शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।