हेफर ईन्टरनेशनल नेपालकाे ८० औँ वार्षिक उत्सवको अवसरमा किसानलाई बाच्छी उपहार

सिन्धुली । हेफर ईन्टरनेशनल स्थापनाको ८० औँ वार्षिक उत्सव सिन्धुलीमा मनाइएको छ । हेफर इन्टरनेशनलका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सुरीता सेन्दोसामको अध्यक्षता तथा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा ८० औं वार्षिक उत्सव मनाइएको हो ।

__________ बिज्ञापन____________

कार्यक्रमको अवसरमा ‘पासिङ्ग अन द गिफ्ट’ (उपहार हस्तान्तरण) कार्यक्रम अन्तर्गत कमलामाई नगरपालिकाका कृषकहलाई ११ वटा कोरीयन बाच्छीहरु उपहार प्रदान गरिएको छ । नेपाल सरकार सँग मिलेर ‘मिल्की वे’ परियोजना सञ्चालन गर्दै आएको हेफर इन्टरनेशनलले नेपालको दुग्ध क्षेत्रलाई पूर्णरुपमा रुपान्तरण गरि आधुनिक बनाउने लक्ष्य लिएको छ ।

हेफरले साना किसानहरुलाई समुदायमा भोकमरी र गरिबीको अन्त्य गर्न योगदान गर्दै आएको ८० वर्षे यात्रा पूरा गरेको सुखद् अवसरमा उपहार हस्तान्तरण गरिएको जनाएको छ । नेपाल सरकार सँग मिलेर ‘मिल्की वे’ परियोजना सञ्चालन गर्दै आएको हेफर इन्टरनेशनलले नेपालको दुग्ध क्षेत्रलाई पूर्णरुपमा रुपान्तरण गरी आधुनिक बनाउने लक्ष्य लिएको छ । उक्त कार्यक्रमले साना किसानलाई फाइदा पुर्याउँदै दुग्ध उत्पादनको क्षमता समेत अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।

‘मिल्की वे’ परियोजना अन्तर्गत कमलामाई नगरपालिका ४ र ५ स्थानीय किसान परिवारलाई ८१ वटा होलिस्टिन जातका गाईहरु उपलब्ध गराइएको थियो । परियोजना अन्तर्गत कमलामाई नगरपालिकामा ‘मोडेल डेरी भिलेज’ स्थापना समेत गरिएको छ । कार्यक्रमको अवसरमा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले भने मिल्की वे कार्यक्रम अन्तर्राष्ट्रिय सहयोगको उत्कृष्ट उदाहरण भएकाले यसले सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउनुभएको छ ।

कार्यक्रममा हेफर इन्टरनेशनलकी सीईओ सुरिता सन्दोशमले हेफर इन्टरनेशनलको ८० औँ वार्षिकोत्सव मनाउँदै गर्दा समुदायको शक्ति र उपहार हस्तान्तरणको गहिरो प्रभावलाई सम्झीएको बताउनुभएको छ । कमलामाई नगरपालिकामा भएको यो कार्यक्रम हाम्रो कार्यको परिवर्तनकारी शक्ति र दीर्घकालीन उदारताको भावनाको प्रमाण पनि भएको उहाँको भनाई छ ।

कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले कोरियाली गाईहरूको आगमन सँगै नगरपालिकाको मासिक दूध उत्पादन गत वर्षको तुलनामा दोबरले बढेको बताउनुभएको छ । नगरपालिकामा २७ हजार लिटर दुध उत्पादन हुदै आएकोमा ५५ हजार लिटर भएको उहाँको भनाई छ । उहाँले हेफर सँगको सम्बन्धले समृद्विको एउटा महत्वपूर्ण सहयात्री प्राप्त गरेको बताउँदै भविष्यमा यो सहकार्यलाई थप दरिलो र फलदायी बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते