सिन्धुली । प्रथम सिन्धुलीगढी गोल्डकप फुटबल प्रतियोगिता आजबाट सिन्धुलीमाढीमा सुरु भएको छ। सिन्धुली फुटबल एकेडेमीद्वारा आयोजित प्रतियोगिता सिन्धुलीकाे खुल्लामञ्चमा आजबाट सन्चालन गरिएको हाे । एकेडेमीका अधक्ष्य विशाल कोजु का अनुसार प्रतियोगिताको लागि जिल्लाभरबाट १५ टिमले सहभागिता जनाएको छ ।
गोल्डकप फुटबल प्रतियोगिता भनिए पनि मैदान निर्माणाधिन अबस्थामा रहेकोले सानो मैदानमा फुटसलको रुपमा प्रतियोगिता सन्चालन गरिएको हो । फुटसलको नियम अनुसार सानो मैदानमा दुबैतर्फ ७/७ जना खेलाडी रहने र जम्मा खेल २५/२५ मिनट गरि ५० मिनटको हुनेछ। सिन्धुलीमा पहिलो चोटि फुटसल प्रतियोगिता संचालन गरिएको हो ।
प्रथम पुरस्कार नगद रु. २० हजार, द्धितिय पुरस्कार रु. १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र दिइने आयाेजकले बताउनुभयो। उद्घाटन खेल फुटबल क्लब मङलपुर र सिन्धुली फुटबल एकेडेमी बिच भएको थियो। निर्धारित ५० मिनटको खेलमा फुटबल क्लब मंगलपुर १-० ले बिजयी भएको हाे।
विहिबार शुरु भएको प्रतियोगितामा कार्यक्रम एकेडेमीका अधक्ष्य विशाल श्रेष्ठ कोजुको अधक्ष्यता तथा कमलामाई नगरपालिका वडा नम्बर ६ का वडा अधक्ष्य उज्ज्वल कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सुरु भएको हो। कार्यक्रममा जिल्ला फुटबल संघ सिन्धुलीका अधक्ष्य सुर्यबहादुर थापामगर, जिल्ला बाल सन्जाल सिन्धुलीका अधक्ष्य दिवस कुमार थापा लगायत खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिती रहेको थियो।