सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित शिद्धबाबा प्लस टु म्यानेजमेनट/सिन्धुली गुरुकुल कलेजमा संविधान दिवसको अवसरमा चित्रकला प्रगियोगिता संचालन गरिएको छ ।

चित्रकला प्रतियोगितामा सिन्धुली रोयल आर्ट स्टेशनका प्रमुख सुदिप विसुन्खेको सहयोगमा कक्षा ११ र १२ का विद्यार्थीहरुले चित्र बनाएको हुन् ।
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुमा भएको कलालाई प्रोत्साहन गर्नको लागि संविधान दिवसको अवसरमा चित्रकला प्रतियोगिताको आयोजना गरिएको एकेडेमी कोअडिनेटर राहुल सिंहले बताउनु भयो । यस अघि पनि सिन्धुली गुरुकुल कलेजले यस्ता विभिन्न विषयवस्तुमा रहेर प्रतियोगिता संचालन गरेकोे बताउनु भयो ।

भिजिटर संख्या : 349