नवज्योति बहिरा मा.वि. का बिद्यार्थीहरुलाई व्यवसाय सञ्चालन गर्न सामाग्री हस्तान्तरण

सिन्धुली। नवज्योति बहिरा माध्यमिक विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत बहिरा बिद्यार्थीहरुलाई सीपमूलक तालिम सञ्चालन गरी व्यवसाय सञ्चालन गर्न सामाग्री हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सिड्स नेपाल सिन्धुलीको साझेदारी तथा कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिका र मरिण गाउँपालिकाको समन्वयको आधारमा पहिलो चरणमा सामाग्री हस्तान्तरण गरिएका हो ।

__________ बिज्ञापन____________

तिन वटा पालिकाका ६ जना बहिरा विद्यार्थी छनौट गरी दक्ष युवा परियोजना कार्यक्रम अन्तर्गत दालमोठ, भुजिया, आलुचिप्स, मःमः, चाउमिन, समोसा, पापड बनाउने तालिम सम्पन्न भइ सकेपछि उनीहरु ६ जनाले नै व्यवसाय सञ्चालन गर्न चाहेकोले खाजा पसल खोल्न सामाग्री सहयोग गरिएको दक्ष युवा परियोजनाका परियोजना अधिकृत विक्रम केसीले बताउनुभयो ।

त्यस्तै हाल कक्षा ११ र १२ मा अध्ययनरत उक्त नव उद्यमी बहिरा विद्यार्थीहरुले कक्षा १२ को अध्ययन पश्चात सिन्धुलीमै परिवारको वा अन्य सहयोगी साथीहरुको सहयोगमा व्यवसायलाइ फास्ट फुड रेस्टुरेन्टको रुपमा विकास गरी अपाङ्गता भएका व्यक्ति र अपाङ्गता नभएका व्यक्ति दुवैलाइ रोजगारी प्रवर्दन गर्ने बताउनु भयो । अध्ययन पश्चात घर गएर एक्लिनु भन्दा यही सदरमुकाम सबै साथीहरुको सहयोगमा व्यवसायको वृद्दि र विकास गरी भविष्यमा एउटा ब्रान्डको रुपमा स्थापित गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउन कोशिस गर्ने समेत बहिरा नव उद्यमी बालकुमारी क्षेत्रीले बताउनुभयो ।

यस अघि तालिम मात्र दिने र व्यवसाय सञ्चालन गर्न कुनै पनी सामाग्री वा अन्य व्यवस्थापकीय सहयोग तालिम प्रदायक संस्थाबाट हुने व्यवस्था थिएन । तर यो तालिम सम्पन्न भए पश्चात सहभागीहरुलाइ व्यवसाय गर्न जुन सहयोग भएको छ यसले विद्यार्थीहरुमा थप हौसल्ला मिलेको र आगामी दिनमा अन्य विद्यार्थीहरु पनी तालिम लिइ व्यवसाय गर्न आकर्षित भएको विद्यालका प्रधानाध्यापक बिजय तामाङ्गले बताउनुभयो ।

पढाइ सँगै सीप कमाइ आर्जन हुने भएकाले यस्ता कार्यक्रमले बहिरा अपाङ्गता भएका व्यक्ति मात्रै नभइ समग्र अन्य विद्यार्थीहरुलाइ समेत फाइदा हुने र विद्यार्थीहरुमा व्यवहारिक, नैतिक, आर्थिक, उद्यमशिलता आदि सम्पूर्ण क्षमताको विकास भइ समतामूलक समाज निर्माणमा गर्नमा समेत टेवा पुग्ने प्रधानाध्यापक तामाङ्गले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते