रिलिफ नेपालको १६ औं वाषिक साधारण सभा सिन्धुलीमाढीमा सम्पन्न

सिन्धुली । रिलिफ नेपालको १६ औं वाषिक साधारण सभा सिन्धुलीमाढीमा सम्पन्न भएको छ । कार्यक्रम रिलिफ नेपालका अध्यक्ष दुर्गा राज पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको प्रमुख आथिथ्यतामा १६ औ साधारणसभा सम्पन्न भएको हो ।
पिछडिएको वगर्, बालबालिका, महिला, युवा र अपाङ्गता भएका व्यक्तिहरु सशक्त हुनेछन् र सामाजिक विकास तथा आत्मसम्मानमा प्रभाव पारिएका विषयहरुको निर्णय प्रक्रियामा उनिहरुको अर्थपुर्ण सहभागिता हुने रिलिफ नेपालको लक्ष्य रहेको छ ।
रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गा राज पौडेलले कार्यक्रममा २०२१ अक्ट्रोबर देखि २०२५ सेटेम्बर सम्म एकिकृत संरक्षण तथा समुदाय संलग्नता परियोजनाको उपल्बधीहरु प्रस्तुत गर्नु भएको थियो ।

__________ बिज्ञापन____________

रिलिफ नेपाल सिन्धुलीका सम्पूर्ण कर्मचारीलाई उनीहरुको कार्यको मूल्याङ्कन गदै सम्मान गरिएको थियो भने एक जना कर्मचारीलाई उत्कृष्ट कार्य गदै विभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदर गदै संस्थाले उनलाई सम्मान गरेको हो ।

कार्मक्रममा बोल्दै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले सिन्धुली जिल्लाको निमित्त र मानवीय सहयोगको निमित्त सहकार्य गर्दै रिलिफ नेपाल अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । बालबालिकाको क्षेत्र लगायत विभिन्न क्षेत्रमा रिलिफ नेपालले सिन्धुली जिल्लामा ठूलोे योगदान गरेको बताउनु भयो ।

त्यस्तै दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारीले रिलिफ नेपालले शिक्षा, स्वास्थ्य, विपदका क्षेत्र लगायत बालबालिकाको सबै क्षेत्रमा ठूलो भूमिका निर्वाह गर्दै दुधौली नगरपालिकामा विकासको निमित्त विभिन्न ठूलो योगदान गरेको बताउनु भयो ।

कार्यक्रममा रिलिफ नेपालका अध्यक्ष दुर्गा राज पौडेल, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, दुधौली नगरपालिकाका नगर प्रमुख दिनेस अधिकारी, जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शमन्ता कार्की, , तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगर,  फिक्कल गाउँपालिकाका कार्य बाह्क अध्यक्ष राजु बराल, जिल्ला प्रसाशन कार्यालयका न्मिित्त प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुयाल, गोलन्जोर गाउँपालिकाका वडा नं. १ का अध्यक्ष, फिक्कल गाउँपालिका वडा नम्बर ४ बाल संजालका अध्यक्ष सन्देश मगर, ह्यान्स नेपाल सिन्धुलीका अध्यक्ष बासु अधिकारी, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्ले, नाटान इजरायलका प्रतिनिधि, नाटानका नेपाल संयोजक तथा विभिन्न गैर सरकारी संघ संस्था लगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते