सिन्धुली । सिन्धुलीमा आज बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ बालबालिका सम्बन्धि गतिविधि, उपल्बधी तथा योजनाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्लान नेपालको सहयोग जिल्ला समन्वय समितिको सिन्धुलीको समन्वय र जनजाति विकास समाज सिन्धुलीको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा सडकमा रहेका बालबालिकालाई के गर्ने, बालपोषण, बालश्रम, यौन दुव्र्यवहार, साईबर अपराध, लागु पदार्थ दुर्वयसन बढ्दो क्रममा रहेकोले यसलाई न्युनिकरण गर्न विभिन्न विद्यालयमा जनचेतना मुलक कार्यक्रम गर्ने बिषयमा छलफल भएको छ । त्यस्तै जापनिज इन्सेफिलाइसिट रोगको बारेमा खोज अनुसन्धान गरी दुधौली नगरपालिका ६ र १४ नम्बर वडामा जन स्वास्थ्य कार्यालय सिन्धुलीले जनचेतना मुलक कार्यक्रम गर्ने, भएको छ ।
जिल्ला समन्वय समिति सिन्धुली र जिल्ला प्रशासन कार्यलय सिन्धुलीले जन चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने वडामा जन्म दर्ता गराउदा विभिन्न समस्या आउने भएकाले त्यस समस्याको समाधानका लागि ७९ वडाका वडा सचिवहरुलाई अभिमुखीकरण गर्ने र Whatapps Group बनाउने बताएको छ ।
खोपको समस्या समाधानका लागि दुधौलीकाका सम्बन्धित पालिका र जिल्लाको स्वास्थ्य शाखाले जनचेतना मुलक कार्यक्रम गर्ने, कारागार भित्र रहेका बालबालिका, बालबालिका सहितको कैदीलाई वैकल्पिक व्यवस्थाको खोजी गर्ने र मनोसामाजिक परामर्श गर्ने र जोखिममा रहेका बालबालिकाको, खोज अनुसन्धान, पहिचान, उद्दार र पुर्नस्थापना गर्नको लागि सिन्धुली जिल्लाको सम्बन्धीत पालिका र गैरसरकारी संस्थाहरुले गर्ने बिषयमा अन्तरक्रिया भएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत विज्ञान पोडेलले बालबालिकालाई लगानी गर्ने बताउँदै शिक्षा, स्वास्थ्य, खानपान, पोषण लगायत उनीहरु सभ्य सक्षम र असल नागरिक भए नै मुलुक असल समृद्ध हुने उहाँले बताउनु भयो । त्यस्तै आगामी दिनमा जिल्ला प्रशासन कार्यालयले जुनसुकै अवस्थामा पनि बालबालिकाको क्षेत्रमा कुनै समस्या आएमा समाधानका लागि निर्देशन दिने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले बालबालिकाको क्षेत्रमा लगानी गरेमा भोलिका कर्णधार निर्माण गर्नका सकिने बताउदै बालबालिकाको क्षेत्रमा भएका विभिन्न समस्यालाई तपाईं हामी सबैले मिलेर कसरी हुन्छ, समन्वय गरेर समाधान गर्ने बताउनु भयो ।
त्यस्तै जनजाति समाज विकास सिन्धुलीका उपाध्यक्ष प्रदिप लुङ्गेलीले हामीले बालबालिकालाई १ सय वर्षका लागि अहिले लगानी गर्दै छौ त्यसैले सबै एक जुट भएर लाग्यौ भने १ सय वर्षपछि बालबालिकाको भविष्य, देश, राष्ट्र राम्रो हुने बताउनु भएको छ ।