कमलामाई नगरपालिका ६ लाई भदौ २९ गते बालमैत्री वडा घोषणा गरिने

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ६ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ । बालमैत्री वडा घोषणाको लागि सबै सूचकहरु पूरा गरिसकेकाले कमलामाई नगरपालिका ६ लाई भदौ २९ गते शनिबार बालमैत्री वडा घोषणा गर्न लागिएको हो ।

__________ बिज्ञापन____________

वडा नं. ६ ले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि २०६८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ ले निदिष्ट गरेको सवै तहगत खुड्कीलाहरु, सूचकहरु र मापदण्ड हरु पुरा गरेकाले वडा लाई बालमैत्री घोषणा गर्न लागिएको कमलामाई नगरपालिका ६ का वडा अध्यक्ष उज्जवल कुमार थापाले जानकारी दिनुभयो । कमलामाई नगरपालिका ६ लाई यस अघिनै बालमैत्री घोषणा गर्न प्रयास गरिएपनि सदरमुकामको वडा भएकाले बालबालिका सम्बन्धी दिनदिनै नयाँ घटनाहरु आउने भएकाले समस्या भएको उहाँले बताउनुभयो ।

भदौ २९ गते प्रतिनिधी सभा सदस्य श्याम कुमार घिमिरेको प्रमुख आतिथ्यतामा कमलामाई नगरपालिका ६ लाई बालमैत्री वडा घोषणा गरिने भएकाले सम्पूर्ण जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवि, टोल विकास संस्थाका प्रतिनिधी, बालक्लव, शिक्षक बिद्यार्थी, पत्रकार लगायत सम्पूर्णलाई यस अभियानमा सहभागी भइदिन वडा सचिव जगदिश विक्रम कार्कीले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते