कमलामाई नगरपालिका ५ स्थित गौमती वातावरण टोल विकास संस्थाको भवन उद्घाटन

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित गौमती वातावरण समन्वय टोल विकास संस्थाको नवनिर्मित भवन उद्घाटन गरीएको छ । कमलामाई नगरपालिका ५ नयाँ वस्तीमा रहेको गौमती वातावरण टोल विकास संस्थाको दुई कोठे भवनको बागमति प्रदेश सभा सदस्य छेत्र बहादुर बम्जनले शनिबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

__________ बिज्ञापन____________

कमलामाई नगरपालिकाको नाममा रहेको दुई धुर जग्गामा दुई कोठे भवन निर्माण गरी संस्थाको १२ औं साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा भवन उद्घाटन गरिएको संस्थाका अध्यक्ष जमुना श्रेष्ठले जानकारी दिनुभयो । कमलामाई नगरपालिका वडा नंंं ६ को ३ लाख र वडा नं. ५ को ६ लाख गरि नौ लाख रुपैंया लागतमा भवन निर्माण गरिएको हो ।

अधिवेशनका अवसरमा संस्थाले नियमित बचतकर्ता कमल बहादुर श्रेष्ठ र विष्णुमाया मगरलाई नगद र प्रमाणपत्र सहित सम्मान समेत गरेको छ । त्यस्तै संस्थासँग सहकार्य गरि विकासको काममा सहयोग गर्ने प्रदेशसभा सदस्य छेत्र बहादुर बम्जन, कमलामाई नगरपालिका ५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्का र वडा नं. ६ का वडा अध्यक्ष उज्जल कुमार थापालाई समेत संस्थाले सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते