शिद्धबाबा प्लस टु म्यानेजमेन्टमा स्वागत तथा तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
bidhai karyakram

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ४ स्थित शिद्धबाबा प्लस टु म्यानेजमेन्ट/गुरुकुल कलेजमा स्वागत कार्यक्रम तथा हरितालिका तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ मा अध्ययनरत ८३ जना विद्याथीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागत कार्यक्रमको आयोजना गरेका हुन् ।

__________ बिज्ञापन____________

 

कार्यक्रममा शिद्धबाबा प्लस टु म्यानेजमेन्टका अध्यक्ष खड्ग बहादुर खत्रीले स्थापना भएको पहिलो वर्ष ३६ जना दोस्रो वर्ष ४६ जना र तेस्रो वर्ष ८३ जना विद्याथीहरु भर्ना भएको बताउनु भयो । शिद्धबाबा प्लस टु म्यानेजमेन्ट/गुरुकुल कलेजका बिद्यार्थीले कक्षा १२ को परिक्षामा जिल्ला प्रथम भएको बताउदै नैतिक शिक्षा अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ । अर्काे वर्षबाट शिद्धबाबा प्लस टु म्यानेजमेन्ट/गुरुकुल कलेजमा बिबिए ल्याउने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका सूचना अधिकारी दुर्गा भुजेलले सामुदायिक तथा निजि विद्यालयलाई सबै किसिमका सकारात्मक कार्यहरु गर्नको लागि सहयोग सहकार्य गर्ने बताउनु भयो ।

कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुले मनोञ्जनात्मक प्रस्तुती समेत गरेका थिए । शिद्धबाबा प्लस टु म्यानेजमेन्ट/गुरुकुल कलेजका अध्यक्ष खड्ग बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका सूचना अधिकारी दुर्गा भजेलको प्रमुख आतिथ्यता, शिद्धबाबा प्लस टु म्यानेजमेन्टका कोअडिनेटर राहुल सिंह, बहिरा मा.वि.का प्रधानाध्यापक विजय तामाङ, शिक्षक, विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।

स्वागत कार्यक्रम तथा हरितालिका तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रमका केही तस्विर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते