सिन्धुलीमा स्थानिय जडिबुटी प्रयोगमा नआउदा मासिदै‌

सिन्धुली, भदौ १३, २०८१ बिहिबार । भौगोलिक तथा हावापानीको विविधता सँगै विभिन्न किसिमका जडीबुटीले भरीपुर्ण रहेको सिन्धुलीमा तीनको संरक्षणको अभावमा मासिने अवस्थामा पुग्न थालेकाछन् । अघिल्लो पुस्ता सम्म मानिस तथा पशुपंछीको प्राथमिक उपचार र अन्नपातको भण्डारणमा समेत प्रयोग गरिदै आएका जडिबुटी अहिले मासिन लागेका हुन् ।

__________ बिज्ञापन____________

मौसम परिवर्तन सँगै मानिसमा लाग्ने रोगहरु निको पार्न तथा पशुपंछी एवं अन्नपात, साग सब्जीमा रोग लाग्न नदिन समेत पहिला जडिबुटीको प्रयोग गरिने गरेको भए पनि अहिले त्यस्ता जडिबुटीलाई प्रशोधन गरी प्रयोग गर्न नसक्दा लोप हुन लागेका छन् ।  मानिसमा लाग्ने रुघाखोकी, ज्वरो लगायतका रोग, पशुपंछीमा पेट ढाडिने, पखला लाग्ने, झोक्राउने जस्ता लक्षण देखापर्दा जडीबुटीको प्रयोग गरि निको पार्ने गरिएकोमा अहिले भने औषधी कै खोजी गर्नुपर्ने स्थानिय बुढापाका बताउछन् ।

राज्यले विज्ञान र प्रविधीको विकास सँगै गाउँघर वरपर नै पाईने चिराइतो, तुलसी पत्ता, पारिजात पाखनवेद, ठुलो ओखती लगायतका जडिबुटीको प्रशोधन गरी प्रयोगमा ल्याउन सक्नु पर्ने कमलामाई ३ का स्थानिय ऋषीराज सिग्देलले बताउनुभयो । राज्यले पहाडी क्षेत्रमा पाईने जडिबुटीलाई संरक्षण सँगै किसानलाई व्यवसायीकरण गर्न सिकाय आयआर्जन समेत बढ्ने उहाँको तर्क छ ।

यसैबीच गाउँघरमा पाईने जडिबुटीलाई सिधै आर्युवेदिक औषधीका रुपमा मानेर खान भने नहुने आर्युवेदिक चिकित्सकले बताएकाछन् । जडिबुटीलाई मात्र औषधी मानेर खादा त्यसको मात्रा नमिल्ने भएकाले त्यसरी परम्परागत तरिकाबाट जडिबुटी मात्र खान नहुने आर्युवेद तथा वैकल्पीक चिकित्सालय सिन्धुलीका प्रमुख डाक्टर अर्जुन उपाध्यायले बताउनुभयो  ।

यद्यपी गाउँघर वरपर पाईने यस्ता जडिबुटी कतिले औषधीको रुपमा, कतिले शरिरको प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग गरिरहेका हुनाले चिकित्सकको सल्लाह अनुसार यसलाई प्रयोग ल्याउनुपर्नेमा सरोकारवालाको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते