सिन्धुलीको कमलामाइ नगरपालिका–१ कोप्चे सिम्ले गाउँमा जमिन धाजा परेपछी जोखीममा रहेको सिङ्गो हायुबस्तीको स्थलगत निरिक्षण गरिएको छ । जोखिममा रहेका घरपरिवारको कमलामाइ नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल, नेपाली सेना, प्रहरी र वडा प्रतिनिधी सहितको टोलिले आज स्थलगत निरीक्षण गरेको हो । निरीक्षणपछि कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जोखिममा रहेका घरपरिवारलाई तत्कालै सुरक्षित स्थानमा राख्ने कुरामा नगरपालिकाले कुनै कसर बाकी नराख्ने बताउनुभयो ।

जोखिममा रहेको बस्तीलाई स्थान्तरण गर्ने सम्बन्धमा तत्काल जिल्ला दैबी प्रकोप ब्यबस्थापनको मिटिङ राखेर उचित निर्णय गरि अघि बढ्ने उहाँको भनाई छ । जमिन धाजा परेको स्थानमा रहेका घर परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको कमलामाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सागर कुमार ढकालले बताउनुभयो ।
नगरपालिकाले तत्काल रोकथामको प्रयास अघि बढाएको जनाउँदै दीर्घकालीन रोकथामका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले प्रदेश र सङ्घ सरकारले यसको लागी सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जमिन धाजा परेपछि उक्त समुदायको १५ हायु परिवार जोखिममा परेका हुन ।