सिन्धुलीको फिक्कलमा बुद्धचित्त माला लुटपाटमा संलग्न एक पक्राउ

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर–५ स्थित बुद्धचित्त मालाको दाना टिप्ने विषयमा भएको विवादमा एक जनालाई पक्राउ गरिएको छ । फिक्कल गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष होमबहादुर सुनुवारसँग करार सम्झौता गरेर किनेको बुद्धचित्तको दाना अर्को समूहले ‘लुटेको’ भन्दै आर्यन खतिवडाले प्रहरीमा जाहेरी दिएका थिए । खतिवडाले दिएका जाहेरीको आधारमा घटनामा संलग्न आरोपमा काभ्रे घर भएका राकेश तामाङलाई भदौ २ गते पक्राउ गरेर ७ दिनको म्याद थपी डाँकाचोरी तथा लुटपाट मुद्दामा अनुसन्धान गरिएको सिन्धुलीका एसपी गोविन्द राज काफ्लेले जानकारी दिनु भयो ।

__________ बिज्ञापन____________

बारा घर भएका आर्यन खतिवडाले मालाको दाना आफूले ६५ लाखमा खरिद गर्ने गरी करार सम्झौता गरेको बताए । साउन १ मा अर्को समूहले जबर्जस्ती दाना टिपेका हुन् । रुख धनी होम बहादुर सँग सुरुमा काभ्रेको तेमाल गाउँपालिका घर भएका पुष्पलाल दोङले खरिद सम्झौता गरेका थिए ।

दोङबाट पुनः राकेश तामाङ, सुवर्ण लामा र देवलाल तामाङले दाना टिप्ने गरी करार गरेका थिए । त्यसपछि राकेश सहितका ३ जनाबाट आफूले दाना खरिद गर्ने सम्झैता गरेको जाहेर वाला खतिवडाले बताए । सो मुद्दामा साउन २१ मा सिन्धुली जिल्ला अदालतले ३ जना बिरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते