सिन्धुलीमा कृष्ण जन्माष्टमीको अवसरमा लाखेनाच तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रर्दशन

सिन्धुली, भदौ १०, २०८१ सोमबार । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमा लाखेजात्रा तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रर्दशन गरिएको छ । गणेश भिमसेन मन्दिर व्यवस्थापन समितिको आयोजनामा जिल्लाका नेवार समुदायले लाखे जात्रा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

__________ बिज्ञापन____________

नेवार समुदायका परम्परा अनुसारको सांस्कृति पहिचान जोगाउनका लागि कार्यक्रमको आयोजना गरिएको लाखे नाचका संयोजक एवं नेवाः देय दवुका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भयो । नेवारी संस्कृतिको संरक्षण गर्नका लागि नेवार समुदायले प्रत्येक वर्ष गाईजात्रा र कृष्ण जन्माष्टमीको अवसरमा, गाईजात्रा, लाखे नाच देखाउने गरिएको उहाँले बताउनुभयो ।

 

नेवार समुदायहरुले राधाकृष्ण र लाखे नाच, लठ्ठी नाच, धिमेबाजा, रोपाईं नाच लगायत नेवारी नृत्यहरु प्रस्तुत गरेका छन् । २ नम्बर बजार स्थित गणेश भिमसेन मन्दिर बाट सुरु गरिएको नेवारी बाजागाजाको समुह सहित, झाँकी तथा विभिन्न सांस्कृतिक कार्यक्रम सुरु भएको लाखेजात्रा तथा सांस्कृतिक कार्यक्रम २ नम्बर बजार, गैह्रि बजार, १ नम्बर बजार, स्टलबजार, बसपार्क, धुरा बजार हुँदै ढुंग्रेबासमा रहेको कृष्ण मन्दिरमा पुगेर समापन गरिएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते