पछिल्लो ४३ दिनमा दुईवटा सडक र दुईवटा हवाई दुर्घटनामा परि ७४ जनाले ज्यान गुमाए

सिन्धुली । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा शुक्रवार बस खस्दा २७ जनाको ज्यान गएको छ । भारतीय ७६२३ नम्बरको बसमा उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए । बसमा चालक र सहचालक सहित ४३ जना यात्रु सवार थिए ।

__________ बिज्ञापन____________

सिमलतामा भएको दुर्घटनासँगै पछिल्लो ४३ दिनमा दुईवटा सडक र दुईवटा हवाई दुर्घटनामा परेर ७४ जनाले ज्यान गुमाएका छन् । असार २८ मा चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेको थियो ।

साउन ९ गते काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । साउन २३ मा एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए ।

सिमलताल दुर्घटना

त्रिशूलीमा बेपत्ता दुईवटा डिलक्स बस अहिलेसम्म भेटिएको छैन । असार २८ मा चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका हुन् । बसमा सवार २५ जनाको शव भेटिएको छ । बस र त्यसमा सवार ४० जना अझै बेपत्ता छन् ।

नेपाली सेना र सशस्त्रका गोताखोर तथा भारतीय विशेषज्ञ टिम ल्याएर खोजी गर्दा पनि बस फेला परेको छैन । त्रिशूलीको उच्च बहाव र चिसो पानीमा सुरक्षाकर्मीहरुले बस खोज्न नेपालमा उपलब्ध उच्च प्रविधिको प्रयोग गरेका थिए । भारतीय विशेषज्ञ र सशस्त्र प्रहरीका गोताखोरले सोनार प्रविधिको प्रयोग गरि त्रिशूलीमा खोजी गरेका हुन् ।

धमिलो पानीले असर नगर्ने सोनार प्रविधिमार्फत पानीमा ट्रान्ससेन्डर पठाएपछि राडार सिस्टममा आकृति देखाउँछ । सोनारले स्क्रिनमा पठाउने आकृति यकिन गर्न सुरक्षा अधिकारीहरूले चुम्बकको प्रयोग गरेका थिए । तर, अहिलेसम्म दुईवटा बस र ४० यात्रुको अवस्था अज्ञात छ ।
सिमलतालमा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले ‘प्राकृतिक प्रकोपको कारण दुर्घटना’ भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको हो ।

सौर्य एयरलाइन्स दुर्घटना

सिमलताल दुर्घटनाको १२ दिनपछि साउन ९ मा काठमाडौँमा विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटना हुँदा विमान व्यवस्थापन समूहका ५ जना सहित १८ जनाको मृत्यु भएको हो ।
पोखरा उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित ह्याङ्गर पछाडिको खाली भागमा खसेको थियो । विमानका क्याप्टेन मनिष शाक्य उपचारपछि घर फर्केका हुन्् । तर, विमानमा सवार १८ जनाको मृत्यु भएको हो ।
सौर्य एयरलाइन्सको चिफ असफ सेफ्टी सागर आचार्य, सिए एमओ म्यानेजर अश्विन कुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञ प्रसाद पौड्याल, चिफ अप अपरेसन्स मनिष रत्न शाक्य र चिफ अफ क्युए (क्वालिटी अफिससर) दिलिप बर्मा विमानमा सवार थिए । उनीहरूमध्ये क्याप्पटेन मनिश रत्न शाक्य बाँच्न सफल भएका छ ।
मृत्यु हुनेमा विमानका को–पाइलट सुशान्त कटुवाल, अमित मान महर्जन, सगर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र आरिफ रेडा हुन् ।

एयर डाइनेस्टी दुर्घटना

एयर डाइनेस्टीको हेलिकप्टर साउन २३ मा नुवाकोटको शिवपुरीमा दुर्घटना भएको थियो । रसुवाको स्याफ्रुवेशीका लागी उडेको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन अरुण मल्ल र ४ जना चिनियाँले ज्यान गुमाएका हुन् । मृत्यु हुने चिनियाँ नागरिकहरूमा जुदाङ टाङ, जी ली, यियाद बु र जेमिङ सी थिए ।

मर्स्याङ्दीमा २७ तीर्थयात्रीको मृत्यु

तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा पर्नेहरू सबै जना भारतीय नागरिक हुन् । भारतीय ७६२३ नम्बरको बसमा सवार २७ जना भारतीय नागरिकको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी रवीन्द्र रेग्मीले बताएका छन् ।
४३ जना सवार बसमा उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए । तीर्थयात्रामा हिँडेका उनीहरूको समूहमा ९८ जना थिए । अन्य यात्रुहरू फरक गाडीमा सवार थिए । मृतकहरूको शव चितवनमा पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टम गरेर परिवारलाई शव हस्तान्तरण गरिने जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते