प्रहरी शिक्षक नियुक्ति तथा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रमकाे सम्झौता

सिन्धुली, भदौ ५, २०८१ बुधबार । स्थानीय तह प्रहरी बिद्यालय सम्पर्क कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । कार्यक्रम मार्फत प्रहरी शिक्षक नियुक्ति तथा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम सम्बन्धि कार्य योजना २०८१ समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेल र जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्ले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

__________ बिज्ञापन____________

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्साल बाट तयार पारिएको स्थानीय तह–प्रहरी विद्यालय सम्पर्क कार्यक्रम पुस्तक २०८१, शान्ति सुरक्षाका विविध विषयहरु समेटिएको प्रशिक्षण सामाग्री प्रहरी शिक्षक नियुक्ति, प्रशिक्षण तथा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन सम्बन्धी कार्य योजना–२०८१ अनुरुप कमलामाई नगरपालिकासंगको साझेदारीमा विद्यालयका शिक्षकहरु र–अध्ययनरत छात्रछात्राहरुलाई सु–सूचित गर्दै प्रशिक्षण गराउनका लागि कमलामाई नगरपालिका र जिल्ला प्रहरी कार्यालय सिन्धुली बाट आवश्यक सहयोग एवं समन्वय र साझेदारी गर्ने गरीे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

group pictures

सामुहिक तस्विर

अपराध, लागू औषध दुव्र्र्येसनी, धुम्रपान र मध्यपान, साइबर अपराध, बालबालिका विरुद्ध हुने अपराधहरू, सामाजिक अपराधहरू, घरेलु हिंसा र उजुरी सम्बन्धी व्यवस्था, करणी सम्बन्धी कसुर अपराध लैङ्गिक हिंसा, लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्बन्धी, एकद्वार संकट व्यवस्थापन केन्द्रको कार्यात्मक, मानव बेचबिखन तथा ओसारपोसार विरुद्ध सचेतनामूलक कार्यक्रमहरु, सामाजिक सद्भाव एवं सम्मान, जुवा तास तथा सट्टाबाजी, आत्महत्या, चोरी र चोरीबाट बच्ने उपायहरू, घटनास्थल सुरक्षा, ट्राफिक सचेतना विपद जोखिम र न्यूनीकरणका उपाय, शीत लहर र सोको जोखिमबाट बच्ने उपाय, सर्पको टोकाइ र सुरक्षात्मक उपाय, अपराधिक अभिलेख प्रणाली, प्रहरी चारित्रिक (चालचलन) प्रमाणपत्र ,आत्म रक्षा, तनाव व्यवस्थापन सम्बन्धी विषयमा कार्यक्रमहरु संचालन गरिने छ ।

 

सम्झौता पत्र

समझदारी पत्र

विद्यार्थीहरूलाई अपराधिक कार्यको बारेमा जानकारी भई पीडित हुनसक्ने सम्भावना कम हुने बालबालिका विरुद्ध हुने अपराधको सङ्ख्यामा उल्लेखीय कमी हुने अपराधिक मनोवृत्ति भएका तत्त्वहरू निरुत्साहित हुने प्रहरी र नागरिकहरूको सहकार्य अभिवृद्धि हुने शान्ति सुरक्षाको अवस्था सुधार हुने सुधार आउने भएकोले प्रहरी शिक्षक नियुक्ति तथा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रमको अवसरमा कमलामाई नगरपालिकाका प्रमुख उप्रेन्द कुमार पोख्रेलले सबैभन्दा ठूलो कुरा भनेको शिक्षा नै भएकाले शिक्षाले नै राष्ट्रलाई सुधार गर्न सक्ने बताउदै स्थानीय तहको विद्यालयका सम्पूर्ण विद्यालयका शिक्षक विद्यार्थी अभिभावकले प्रहरी शिक्षक नियुक्ति तथा विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रम सफल बनाउन, एउटा सभ्य समाज निमार्ण गर्न सबै मिलेर लाग्ने बताउनु भयो ।

कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख उप्रेन्द कुमार पोख्रेल, उपप्रमुख मन्जु देवकोटा, शिक्षा शाखा प्रमुख हित कुमारी पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक गोविन्द राज काफ्ले, विभिन्न सरकारी तथा निजि विद्यालयका प्रधानाध्यापक, सह प्रधानाध्यापक, विभिन्न वडाका वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते