कक्षा ११ सेक्सन बि का युवा विद्यार्थीहरुले नवज्योति बहिरा मा.वि. को अध्ययन अवलोकन भ्रमण
bahira school

सिन्धुली, साउन ३२, २०८१ शुक्रबार । शिद्धबाबा प्लस टु म्यानेजमेन्ट/सिन्धुली गुरुकुल कलेजमा अध्ययनरत कक्षा ११ सेक्सन बि का युवा विद्यार्थीहरुले आज नवज्योति बहिरा माध्यमिक विद्यालयको अध्ययन अवलोकन भ्रमण गरेको छ । शिद्धबाबा प्लस टु म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले समाजमा छरिएर रहेका बहिरा अपाङ्गता भएका बालबालिकाहरुको शिक्षा प्रति चासो राख्दै विद्यालयले गरेको कार्यको नजिकबाट अवलोकन र अध्ययन गर्न विद्यालय परिसरमा भ्रमण गरेको हो ।

__________ बिज्ञापन____________

विद्यालयको शैक्षिक गतिविधि र विद्यालयले प्रदान गर्दै आईरहेको अन्य सेवाको प्रत्यक्ष अवलोकन गरेका छन् । विद्यालयले गरेको शैक्षिक सँगै सामाजिक एवम् मानवीय कार्य प्रति शिद्धबाबा प्लस टु म्यानेजमेन्टका युवा विद्यार्थीहरुले उच्च सम्मान प्रकट गर्दै सामाजिक र मानविय हितार्थ सदैव अगाडि उभिएर कार्य गर्न सम्पूर्ण युवाहरुलाई आव्हान समेत गरेका छन् । युवा विद्यार्थीहरुले उक्त विद्यालयको छात्राबासमा बसी अध्ययन गर्ने विद्यार्थीहरुका लागि विद्यार्थीहरुकै योगदानमा सामाजिक भावनाले प्रेरित भई खाद्यान्न सामाग्री समेत सहयोग गरेका छन् ।

bahira school

युवा समृद्धिका मेरुदण्ड र परिवर्तनका संवाहक, युवा सँग समाज, देश र विश्वनै परिवर्तन गर्न सक्ने सामथ्र्य भएकोले युवाका अनेकन उपनामहरु छन् र युवा सँग कुनै पनी कार्य गर्ने शैलि फरक, रोचक र मौलिक हुन सक्ने भएकोले युवाको नेतृत्वमा देश परिवर्तन गर्न सक्ने नवज्योति बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक बिजय तामाङले बताउनु भयो ।

नवज्योति बहिरा माध्यमिक विद्यालय २०६० सालमा स्थापना भएको हो । विद्यालयमा अहिले विभिन्न पालिका, जिल्ला, प्रदेशबाट गरि २२३ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा बोल्न नसक्ने, सुन्न नसक्ने विद्यार्थीले सहज तथा सरल रुपमा विद्यालयमा अध्यापन गरेकोे छ । अपाङ्गता भएका विद्यार्थीहरुको लागि खाना बनाउने, सिलाई बुनाई, हेयर कटिङ जस्ता सिपमूलक कामहरु सिक्न सहज हुने व्यव्स्था तथा छात्रबासको समेतको व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते