सिन्धुलीमा बोलेरो दुर्घटना, वडा सदस्य सहित तीन जनाको मृत्यु

सिन्धुली । विपी राजमार्गको सिन्धुली खुर्कोट खण्डको कनपा २ चियावारी नजिकै विहिबार विहान डबल क्याप बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ११ जना घाईते भएका छन ।

__________ बिज्ञापन____________

 

गोलञ्जोर गाउँपालिका वडा नं। ६ नाकाजोलीबाट तरकारी लिएर सिन्धुलीमाढी आउँदै गरेको वा२०च८२८३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकमै पल्टेको थियो ।

बोलेरोमा सवार गोलञ्जोर ६ का वडा सदस्य उदय मस्र्यांगी मगर र सोहि ठाउँका पृथ्वी भुजेलको घटनास्थलमै मृत्यु भएको हो भने सोहि ठाउँका पवन मस्र्याङगीको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको छ ।

घाईतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । पाँच जनाको अवस्था मध्यम र अन्य ४ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

गम्भिर घाईते दुई जनालाई सिन्धुली अस्प्तालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ । अन्य घाईतेहरुको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ ।

गम्भिर घाईते हुनेमा गाडी चालक टिकाजंग राई र हिमाल परियारलाई धुलिखेल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । उनका अनुसार घाईते दुर्घटनामा पर्नेहरुमध्ये १३ जना गोलञ्जोर गाउँपालिका वडा नं। ६ का स्थानीय रहेका छन । एकजना कमलामाई नगरपालिकाका रहेका छन ।

 

दुर्घटनामा परि घाईते हुनेहरुमा गोलञ्जोर गाउँपालिका ६ का उदय लुंगेली मगर, मेनुका मगर, जिना श्रेष्ठ, धनमाया वाईवा, लिला मगर, समिना मगर, बन्दना कोईराला, राजन प्रसाद कोईराला र कमलामाई नगरपालिका वडा नं। ५ की डम्बर कुमारी कार्की रहेको एसपी काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते