ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपुर्ण सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउदै
Sindhuli Gadhi Pictures

सिन्धुली, साउन ३०, २०८१ बुधबार । ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपुर्ण सिन्धुलीगढीको पुनःनिर्माणका काम भए सँगै सिन्धुलीगढीले यतीबेला पर्यटकको मन लोभ्याउन थालेको छ । राष्टिय गौरवको रुपमा रहेको ऐतिहासिक सिन्धुलीगढीमा युद्ध संग्रालयको निर्माण एवं गढी दरवार र अन्य संरचनाको पुनः निर्माण भए सँगै सिजन नहुदा पनि सिन्धुलीगढी अवलोकन गर्नेको संख्या उल्लेखनिय छ ।

__________ बिज्ञापन____________

सदरमुकाम सिन्धुलीमाढी एंव खुर्कोट बजार देखि पनि २० किलोमिटर यात्रामा पुगिने ऐतिहासिक सिन्धुलीगढी यतीबेला आन्तरिक तथा बाह्य पर्यटकको रोजाई बन्न थालेको हो । खुर्कोट र सिन्धुलीमाढी दुवै तर्फको नागबेली सडकको यात्रा पछि पुगिने सिन्धुलीगढीमा हिजो आज पनि दैनिक २ सय माथिको संख्यामा सिन्धुलीगढीको अवलोकनका लागि मानिस (पर्यटक) आउने गरेको सिन्धुलीगढीमा खटिने कर्मचारी शान्ता कार्कीको भनाई छ ।

धेरैजसो समय कुहिरो भित्र लुकामारी गर्ने सिन्धुलीगढी गर्मीको समयमा घुम्न पाउदा पर्यटकलाई धेरै नै आनन्द हुने गरेको छ । विशेष गरी तराईका जिल्लाको अत्याधिक गर्मीबाट आजीत मानिसहरु सिन्धुलीगढी पुग्दा निकै आनन्दीत र गौरवगान्वीत हुने गरेको पाइएको छ । एकातिर प्राकृतिक सुन्दरता अर्को तर्फ राष्टको गौरवको रुपमा सिन्धुलीगढी रहेकोले नेपाली हुनुमा गौरव महशुस भएको उनीहरको भनाई छ ।

नेपाल अंग्रेज युद्धको जीवित दस्तावेजको रुपमा रहेको सिन्धुलीगढीको राज्य संघिय संरचनामा गए सँगै केही हेर्न लायक रुप निर्माण भए सँगै पर्यटक आउने क्रम बढेको हो । कमलामाई नगरपालिका मातहतमा रहेको सिन्धुलीगढीमा युद्ध संग्रालयको निर्माण गरी त्यसको अवलोकन र पुराना संरचनाको पुनः निर्माणका काम भए सँगै पर्यटक जाने क्रम बढेको छ ।

सिन्धुलीगढी युद्ध

संग्रालय प्रवे

श शुल्क र पार्किग लगायतका शुल्क गरी कमलामाई नगरपालिकाले गत आर्थिक वर्ष ०८०।०८१ मा ५५ लाख ८६ हजा

र ५ सय ४० रुपैया राजस्व संकलन गरेको छ । विशेष गरी छिमेकी देश भारतका पर्यटक र आन्तरिक पर्यटकको आगमनले नै उक्त राजस्व संकलन भएको कमलामाई नगरपालिका सिन्धुलीका सूचना अधिकारी सागरकुमार ढकालको भनाई छ ।

सिन्धुलीगढी परिसरमा अवस्थित शिद्धबाबा मन्दिरका कारण उक्त गढीको धार्मिक महत्व पनि त्यतीकै रहेको सरोकारवालाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते