सिन्धुली, साउन २९, २०८१ मंगलबार । सिन्धुलीमा छोराको बन्चरो प्रहारबाट वुबाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका ७ पन्चचौरी लामपातेका ५८ बर्षिय लाल बहादुर घिमिरे (विक) लाई उनकै माईला छोरा २१ बर्षिय बर्षीय अमृत घिमिरे (विक) ले बन्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सोमबार राति ८ः३० बजेको समयमा घरमै सुतिरहेको समयमा वुबालाई उनकै छोराले बन्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।बुवालाई बन्चरो प्रहार गर्ने अमृतलाई प्रहरीले बन्चरो सहित नियन्त्रणमा लिएको छ ।
मृतकको शव पोस्र्टमाटमको लागि सिन्धुली अस्पताल सिन्धुली ल्याइएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
भिजिटर संख्या : 154