सिन्धुली, साउन २९, २०८१ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ मा आगलागी हुँदा एक घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आज दिउँसोको समयमा हरिहरपुरगढी गाउँपालिका १ माथील्लो चिसापानीका उमेश गोलेको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको हो । २ तले काठको चच्ची घरमा चुलोबाट आगो सल्कीएर आगालागि भएको प्रहरीले जनाएको छ ।
प्रहरीचौकी हरिहरपुरगढी बाट गएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो निभाइएको र आगलागी बाट मानविय र पशु चौपाएमा क्षती नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।
आगलागी बाट घर पूर्ण रुपमा जल्नुका साथै एकथान सोलार प्यानल, अन्नपात भाडावर्तन जल्दा १ लाख ४० हजार रुपैया बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
भिजिटर संख्या : 199