कवि सिर्जना अर्यालको नाट्यकृति ‘मुर्दाघर’ लोकार्पण

नारी प्रतिभा वाङ्मय प्रतिष्ठानको आयोजनामा कवि सिर्जना अर्यालको नाट्यकृति ‘मुर्दाघर’ लोकार्पण गरिएको छ। संस्थाको चौथो वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका बीच उक्त कृति लोकार्पण गरिएको हो।

__________ बिज्ञापन____________

कृति लोकार्पण गर्नु हुँदै गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान् गुरुङले साहित्य सिर्जना गरेर बाँच्नु आनन्ददायी हुने उल्लेख गर्नुभयो। उहाँले साहित्यिक कार्यक्रमले आफ्नो ध्यान खिच्ने गरेको जनाउँदै साहित्यलाई आस्वादन गर्न कृतिको रस अनुसार भावनामा डुब्नुपर्नेमा जोड दिनुभयो।

छन्दनायक माधव वियोगीले कवि अर्याल छन्दमा कविता लेख्न सक्ने सबल कवि रहेको औँल्याउनुभयो ।उहाँले अर्याललाई धेरै विधामा हात चलाउनभन्दा एक विधाबाट विशिष्टता हासिल गर्न सुझाव दिनुभयो ।

लोकार्पित कृतिको समीक्षा गर्दै प्राडा रामचन्द्र पोखरेलले ‘मुर्दाघर’नाट्य संरचना, भाषाशैली एवम् सन्देशका हिसावले सवल कृति रहेको स्पष्ट पार्नुभयो।

कार्यक्रमका बीच कवि अर्यालले दुई चरणमा फरक फरक छन्दका आफ्ना केही कविता वाचन गरेर सुनाउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष महाकाव्यकार छन्दिका त्रिपाठीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष समेत रहनुभएकी साहित्यकार अम्विका भण्डारीले स्वागत तथा सचिव लक्ष्मी थापाले कार्यक्रम संचालन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते