सिन्धुलीमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार तथा सहजीकरण सम्बन्धित छलफल  तथा अन्तरक्रिया सम्पन्न

सरोकारवाला निकायहरु सँग अपाङ्गता भएका व्यक्तिहरुको अधिकार तथा सहजीकरण सम्बन्धित छलफल  तथा अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । कार्यक्रम जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आयोजना गरेको हो ।

__________ बिज्ञापन____________

अपाङ्गता भएका व्यक्तिहरुका पिरमर्का/गुनासोहरुको संवाल, यात्रा गर्दा पाउनुपर्ने आरक्षित सिट, भाडादरमा पाउनुपर्ने ५० प्रतिशत छुट, सार्वजनिक सवारीमा ज्येष्ठ नागरिक, अशक्त, असहाय एवं विद्यार्थी समेतको कानुन बमोजिम पाउनुपर्ने छुट सुविधालाई व्यवस्थित तथा गुनासो संवोधनका निम्ति विविध विषय तथा आवश्यक व्यवस्था मिलाउन विभिन्न निर्णय भएको छ ।

सार्वजनिक यातायातको सवारी साधनहरुमा अपाङ्गता भएका व्यक्तिहरुले यात्रा गर्दा पाउनुपर्ने आरक्षित  सिटको अनिवार्य रुपमा व्यवस्था मिलाउने, नेपाल सरकारले तोके बमोजिमको भाडादरमा पाउनुपर्ने ५० प्रतिशतको आनाकानी नगरि आजको दिन देखि व्यवस्था लागू गर्ने,  अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अशक्त, असहाय एवं विद्यार्थीहरूलाई शारीरिक अवस्थाका कारण सवारी चालक एवं सह–चालक समुहबाट केही किसिमको अपहेलित नगरिने, सरोकारवाला निकायबाट निम्न उल्लेखिन गुनासो उजुरीको सम्बन्धमा दैनिक÷ साप्ताहिक÷मासिक रुपमा कानुन बमोजिम अनुगमन गरि कार्यान्वयनमा ल्याउने व्यवस्था गरिनेनिर्णय गरिएको छ ।

त्यस्तै अपाङ्गता भएका व्यक्तिहरुका पिर/मर्का गुनासोहरुको सवालमा संवेदनशील भई तत्काल सम्बोधन तथा आवश्यक व्यवस्था मिलाइने, सहायक सामाग्री लिएका अपाङ्गता भएका व्यक्तिहरुलाई स–सम्मान अनिवार्य सिट तथा यात्राको व्यवस्था मिलाइने, चढाउन आनाकानी नगर्ने र टिकट चलानी नं. तथा अनिवार्य रूपमा यात्रा गर्नुहुने यात्रुहरूलाई टिकटको व्यवस्था मिलाइने निर्णय गरिएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक गोविन्द राज काफ्ले, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विज्ञान पौडेल, ट्राफिक प्रहरी कार्यालय प्रमुख मन्जु कुमारी राना, नवज्योति बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङ, सुनौलो विपी यातायातका प्रमुख तथा प्रतिनिधि, चाहना यातायातका प्रमुख तथा प्रतिनिधि, रोयल विजय किल्लाका प्रमुख तथा प्रतिनिधि, सिन्धुली महिला सङ्घका प्रमुख तथा प्रतिनिधि, सिन्धुली अपाङ्ग महिला सङ्घका प्रमुख तथा प्रतिनिधि, नेपाल विद्यार्थी संघका प्रमुख तथा प्रतिनिधि, जेष्ठ नागरिक सेवा समाजका प्रमुख तथा प्रतिनिधि, कमलामाई यातायातका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले हामीले गरेको निर्णय कार्यान्वयन हामी आफैले गर्ने, एकअर्कालाई आरोप लगाउने भन्दा पनि सहकार्य सपोर्ट सहयोग गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । ट्राफिक प्रहरी कार्यालय प्रमुख मन्जु कुमारी रानाले ट्राफिक प्रहरीले भन्दा पनि चालकहरूले ध्यान दिएर सवारी साधन चलाउनदा हेलिमेट, सवारी  चालक अनुमतिपत्र, ब्लुबुक, तथा होसियार, सुरक्षित  भएर चलाउनको लागि उहाँले आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते