फ्रान्सलाई हराउँदै स्पेनले जित्यो ओलम्पिक फुटबलको स्वर्ण पदक

आयोजक फ्रान्सलाई हराउँदै स्पेनले जारी पेरिस ओलम्पिकमा फुटबलतर्फको स्वर्ण पदक जितेको छ । फ्रान्सलाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै स्पेन सन् १९९२ पछि पहिलोपटक फुटबलको स्वर्ण पदक जित्न सफल भएको हो । सुरूवाती अग्रता लिए पनि जोगाउन नसक्दा फ्रान्स घरेलु मैदानको रजत पदकमा चित्त बुझाउन बाध्य भयो । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा स्पेनले थप २ गोल गर्दै ५–३ को जित निकालेको हो।

__________ बिज्ञापन____________

पछिल्लो वर्षयता स्पेनी सिनियर पुरूष तथा महिलादेखि उमेर समूहका टोलीले पनि एकपछि अर्को उपाधि जितिरहेका छन्। स्पेनी टोलीले फुटबल जगतमा दबदबा कायम राखेका छन्। केही महिनाअघि मात्रै स्पेनी फुटबल टिमले इङ्ल्यान्डलाई हराउँदै युरोकप फुटबलको उपाधि उचालेको थियो । त्यस्तै पछिल्लो महिना स्पेनी यू–१९ टोली पनि युरोपियन च्याम्पियन बन्यो ।

गत वर्षमात्रै स्पेनी महिला फुटबल टोलीले विश्वकप फुटबलको उपाधि उचालेको थियो । एकपछि अर्को सफलता पाइरहेको स्पेनी टोलीले यू–२३ तर्फ ओलम्पिकमा फुटबलको स्वर्ण पदक पनि घर भित्र्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते