सिन्धुलीको सुनकोशी गाउँपालिका ५ रामटारमा हाटबजार संचालनमा ल्याइयो

सिन्धुली, साउन २३, २०८१ बुधबार । सिन्धुलीको सुनकोशी गाउँपालिका ५ रामटारमा हाटबजार संचालनमा आएको छ । स्थानीय रैथाने अर्गानिक उत्पादनको किनबेच गर्ने उदेश्यले प्रत्येक साताको बुधबार लाग्ने हाट बजार संचालनमा ल्याइएको हो । हाट बजारको बुधबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल र उपाध्यक्ष कपिल कुमार कोइरालाले उद्धघाटन गर्नुभएको छ ।

__________ बिज्ञापन____________

सुनकोशी गाउँपालिका र लि बर्ड संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा ३९ वटा स्टलहरु निर्माण गरि हाट बजार संचालनमा ल्याइएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जिले जानकारी दिनुभयो । हाट बजार संचालनको पहिलो दिन तरकारी, फलफूल, लोकल कुखुरा लगायतका २९ वटा स्टल बाट ब्यापार भएको छ ।

 

स्थानीय साना किसानहरुलाई प्रोत्साहन गर्दै स्थानीय रैथाने, अर्गानिक बालीहरुलाई जनस्तर सम्म पुर्याउने र प्रोत्साहन गर्ने, स्यानीय उत्पादन लाई बजार संग जोडेर अर्थतन्त्र लाई मजबुद बनाउने उदेश्यले हाट बजार संचालनमा ल्याइएको उहाँले बताउनुभयो । स्थानीय स्तरमा हाट बजार संचालन पश्चात किसानको आर्थिक अवस्थामा सुधार गर्ने अपेक्षा रहेको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते