सिन्धुली, साउन २२, २०८१ मंगलबार ।। सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित शिद्धबाबा प्लस टू म्यानेजमेन्ट/गुरुकुल कलेजमा आज लागु औषत दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध जनचेतनामूलक कक्षा संचालन गरिएकोे छ । शिद्धबाबा प्लस टू म्यानेजमेन्टमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई जनचेतनामूलक कक्षा संचालन गरिएकोे हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द राज काफ्लेले कक्षा संचालन गर्नु भएको थियो । लागु औषधको इतिहास, लागु औषध तथा मनोद्धिपक पदार्थ, लागु औषधको किसिम र वर्गिकरण, लागु औषध दुरुपयोगका कारण र असरहरु र लागु औषध अपराध नियन्त्रणमा देखिएका समस्याहरुको विषयमा छलफल तथा कक्षा संथालन भएको हो ।
लागु औषत दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको बारेमा जानकारी दिन, कुलत बाट टाढा बनाउन, एउटा विद्यार्थी बाट धेरै विद्यार्थी, साथीसंगी, अभिभावक, लगायत समुदायमा बस्ने मानिसहरुलाई कुलतको बारेमा जानकारी दिन, कुलतमा लाग्न नदिन, कुलतबाट बच्नका लागि विद्यार्थीलाई मद्दत पुग्ने शिद्धबाबा प्लस टू म्यानेजमेन्टका कोअडिनेटर राहुल सिंहले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द राज काफ्लेले कक्षा संचालन गदै गर्दा लागु औषत दुरुपयोग तथा अवैध ओसार पसार सम्बन्धी आफ्ना समुदायमा त्यस्ता गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न सम्पूर्ण विद्यार्थीलाई आग्रह गर्नु भएको छ ।
कक्षा संचालनमा शिद्धबाबा प्लस टू म्यानेजमेन्ट/गुरुकुल कलेजका अध्यक्ष खड्क बहादुर खत्री, एकडेमी कोअडिनेटर राहुल सिंह, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द राज काफ्ले, शिक्षक, कक्षा ११ मा अध्ययनरत विद्यार्थीको सहभागीता रहेको थियो ।