सिन्धुली, साउन २०, २०८१ आइतबार । कक्षा १२ को परिक्षामा सिन्धुली जिल्लामै उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान गरिएको छ । सिन्धुलीमाढी स्थित शिद्धबाबा प्लस टू म्यानेजमेन्ट/गुरुकुल कलेजले जिल्लामैं प्रथम नतिजा ल्याउने २ जना विद्याथीलाई सम्मान गरेकोे हो । सिद्धबाबा प्लस टू म्यानेजमेन्टको पहिलो ब्याचकी देवी माया तामाङ र ओम राज तामाङ लाई नगद ५ हजार ५ सय सहित सम्मान गरेको हो ।

दुवै विद्यार्थीले ३.७५ जीपीए ल्याई जिल्लाकै प्रथम भएकाले उनीहरुलाई कलेजले सम्मान गरेको शिद्धबाबा प्लस टू म्यानेजमेन्टका कोअडिनेटर राहुल सिंहले बताउनुभयो । शिद्धबाबा प्लस टू म्यानेजमेन्टमा अध्यनरत बिद्यार्थीले कक्षा १२ को नतिजामा सिन्धुली जिल्लामैं प्रथम नतिजा ल्याएपछि कलेजले खुसीयालीमा आज शिक्षक अभिभावक उत्तीर्ण विद्यार्थी, अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा धुराफाट देखि धुराबजार, बसपार्क, मधुटार, माझीटार ,२ नम्बर बजार हुदै ढुग्रेंबास सम्म र्याली तथा शुभकामना आदान प्रदान गरिएको छ ।

कार्यक्रम शिद्धबाबा प्लस टू म्यानेजमेन्टका फाउन्डर राम चन्द्र कार्कीको प्रमुख आथिथ्यता तथा शिद्धबाबा प्लस टू म्यानेजमेन्टका कोडिनेटर राहुल सिंहको अध्यक्षतामा संचालन भएको हो ।